पश्चिमाञ्चलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न १ सय २४ जना पक्राउ

मंसिर १९, पोखरा । दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौति थपिएको भन्दै यस क्षेत्रबाट सुरक्षा निकायले ठूलो संख्यामा पक्राउ गरेको छ। निर्वाचन गतिविधि विरुद्धमा संग्लग्न भएको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । सुरक्षा निकायले निवाचन विरोधी गतिविधि र अन्य सुरक्षा चुनौतिलाई मध्य नजरगर्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांशमा विप्लव माओदीका नेता देखि स्थानीय कार्यकर्तासम्म छन् । पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

पश्चिमाञ्चलका धेरै ठाउँमा निर्वाचनको मुखमा बमविष्पोट गराउने र आतांकीत पार्ने छिटफुट घट्नाहरु भई रहेका छन्। निर्वाचनको मिति नजिकिएसंग पाखराका मुख्य बजार क्षेत्रहरुमापनि बमबिष्पोटका घट्नाहरु हुने गरेका छन्। काँग्रेसका उमेदवार विन्दुकुमार थापाको निवास रहेको नयाँबजार, बुद्धचोक र सैनिक बस्ति लगायतका स्थानहरुमा बम बिष्पोटकोलागि राखेको थियो। सुरक्षा निकायले समयमै डिस्पोज गरेकोले कुनै मानवीय र भौतिक क्षति भने हुन पाएन्। समग्र पोखराको सुरक्षा ब्यवस्थालाई मजबुत तुल्याउन सुरक्षा निकायले भरमग्दुर प्रयास गरेको छ। तरपनि जिल्लामा छिटफुट घट्नाहरु भने भएका छन्।

त्यसैगरी छिमेकी जिल्ला तनहुँको क्षेत्र नम्बर २ को प्रदेश सभा १ उम्मेदवार प्रदीप पौडेलको घरमा बम प्रहार भएको थियो । सोमबार नै तनहुँबाट ४ वटा पेस्तोल र ठूलो परिणाममा त्यसमा लाग्ने गोलीसहित ३ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । पहिलो चरणकै निर्वाचनको बेलादेखि नै विभिन्न जिल्लाबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई प्रहरीले समातेको थियो। त्यो क्रम अहिलेपनि निरन्तर अगाडि बढेको छ।

निर्वाचनमा सहभागी दल र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा समन्वय गरिरहेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बताए। उनका अनुसार निर्वाचलाई मध्यनजर गर्दै सुरक्षा जाँच बढाउने र सुरक्षा निकायबाट गस्ती, पेट्रोलिङ र हवाई गस्तीको समेत प्रबन्ध गरिएको छ। प्रदेश नम्वर ४ र ५ अन्तरगत पश्चिमाञ्चलका तनहुँ, स्याङ्जा, कास्की, पर्वत, नवलपरासी (सुस्ता पूर्व) पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी (सुस्ता पश्चिम) मा मंसिर २१ मा निर्वाचन हुँदैछ ।

निर्वाचमा सुरक्षा प्रबन्धकोलागि प्रदेश नं. ४ का ५ जिल्लामा १४ हजार २ सय २८ जना र प्रदेश नं. ५ को ६ जिल्लामा २१ हजार १ सय १९ जना गरी ३५ हजार ३ सय ७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै आवस्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *