आज अन्तराष्ट्रिय स्वयम्सेवक दिवस

मंसिर १९, काठमाडौं । संकटमा बेलामा सक्रियतापूर्वक स्वयमसेवा गर्न आह्वान गर्दै नेपालमा पनि अन्तराष्ट्रिय स्वयमसेवक दिवस मनाईदैछ ।

यसै अवसरमा मंगलबार काठमाडांैमा पनि एक कार्यक्रम आयोजना गरी स्वयमसेवाको माध्यामबाट भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिन आह्वान गरिएको छ । विपद्का बेला गाउँघरमा साथ दिन आह्वान गर्दै यस वर्षको अन्तराष्ट्रिय स्वयमसेवा दिवस मनाइएको स्वयमसेवाका क्षेत्रमा कार्यरत केशव कोईरालाले जानकारी दिए ।

नेपालमा हरेक वर्ष २ सय भन्दाबढि अन्तराष्ट्रिय क्षेत्रका स्वयमसेवीहरु कार्यरत रहँदै आएका छन । भूकम्प गएयता नेपालमा यस दिवसको महत्व झनै बढेर गएको छ । नेपालमा सरकार तथा रेडक्रस, स्काउटलगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्थाहरु स्वयम सेवामार्फत् सामाजिक गतिविधिमा संलग्न हुने गरेका छन ।

राष्ट्रिय योजना आयोग अन्तरगत राष्ट्रिय विकास स्वयमसेवक सेवा कार्यक्रममार्फत् आर्थिक वर्ष २०५५/०५६ देखि विभिन्न क्षेत्रमा स्वयमसेवक परिचालन हुँदै आएका छन । संयुक्त राष्ट्र संघीय स्वयमसेवक कार्यक्रमले पनि नेपालमा स्वयमसेवाको प्रवद्र्धनको क्षेत्रका काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *