फोरम उम्मेदवार चढेको गाडीमा आक्रमण

मंसिर १९, दमक । संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए ।

चुनावी प्रचारमा हिँडेको सो जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पुर्याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए । सो घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए ।

यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *