गएराति १२ बजेदेखि मौन अवधि सुरु, के के गर्न पाईदैन यस् अवधिमा ?

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि गएराती १२ बजेबाट मौन अवधि सुरु भएको छ । मतगणना नसकिंदासम्म अब दलहरुले चुनाव सम्बन्धी कुनै पनि गतिविधि गर्न पाउने छैनन् ।

दलहरुलाई प्रचार गर्न सामाजिक सञ्जालमा भोटको अपिल गर्न, घरदैलो गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले भने मौन अवधिमा मतदाता शिक्षामा जोड दिने भएको छ । परिचालित स्वयंसेवकलाई घरघरमा पठाएर मतदाता शिक्षा दिने र समुहमा समेत जम्मा गरेर भोट हाल्न सिकाउन आयोगले निर्देशन दिइसकेको जनाएको छ ।

मतदाता परिचयपत्र लिन आउने हरेक मतदातालाई पनि भोट हाल्न सिकाइने छ । स्थानीय तहको चुनावमा परिचयपत्र नलिएका र पछि थपिएका मतदाताले आज र भोलि आफ्नो मतदान केन्द्रमा पुगेर परिचयपत्र लिनुका साथै भोट खसाल्ने तरिका पनि सिक्न पाउँनेछन् ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि एकजना स्वयंसेवक खटाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मतदाता शिक्षालाई प्रभावकारी बनाउने र आचारसंहितालाई कडाईका साथ अनुगमन गर्ने बताउनुभयो । उहाँले सुक्ष्म अनुगमनका लागि समेत कर्मचारी खटिसकेकाले अनुगमनमा कडाई गरिने बताउनुभयो । २१ मंसिरमा दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ उम्मेदवार चयनका लागि मतदान हूदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *