भारतीय फुटबल कप्तान सुनिलले गरे नेपाली परम्परा अनुसार विवाह

एजेन्सी । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सोनम भट्टाचार्यसँग सोमबार विवाह गरेका हुन् ।

कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर दुलही लिन गएका थिए । घोडामा सवार क्षेत्रीले नेपाली परम्परा अनुसार विवाह गरेका हुन् । गुडगाउँको एउटा होटेलमा विवाह समारोह भएको थियो । विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए ।

मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए । इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए ।

सोनमले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन् । नेपाली भाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *