राती १२ बजेबाट मौन अवधि सुरु, के के गर्नु हुँदैन ?

मसिर १८, काठमाडौ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको प्रचारप्रसार सोमबार राती १२ बजेदेखि गर्न पाईनेछैन । घरदैलो, सभा र्‍याली सहित सामाजिक सञ्जालमार्फत पनि चुनाव प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधिमा फेसबुक र एसएमएसमार्फत पनि भोट माग्न पाईंदैन । मौन अवधिमा कसैले फेसबुक, ट्वीटर तथा एसएमएसमार्फत भोट मागेको भेटिएमा आचारसंहिता उल्लंघन गरेको ठहरिने र कार्वाही हुनेछ । मोबाइल फोन तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यसपटक धेरै उम्मेदवार तथा नेता कार्यकर्ताले फेसबुक, यूट्युब र एसएमएसमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

मौन अवधिमा के के गर्न हुँदैन त ?
१) निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,
२) मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,
३) एस।एम।एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,
४) उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,
५) उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

दोस्रो चरणको निर्वाचनमा मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *