दैनिक पाँच करोडको फूल बिक्रि

२०७४ जेठ १५ गते

“
मंसिर १८, काठमाडौं । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ । अन्य समयमा दैनिक दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए
।
श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ । अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन ।
अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ । घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित