वाम गठबन्धनले भ्रम छर्याे : राजमो

मंसिर १८, नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुरले वाम गठबन्धनले भ्रमको खेती गरेको आरोप लगाएको छ । राजमो नवलपुरका अध्यष दीपक पाण्डेले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले कसैलाई समर्थन नगरेको प्रष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा हाम्रो अन्य कुनै उम्मेदवार वा गठबन्धनसँग कुनै प्रकारको तालमेल वा समझदारी भएको छैन । केही राजनीतिक दल, उम्मेदवार वा व्यक्तिहरूले विशेष गरी वामगठबन्धनबाट राष्ट्रिय जनमोर्चा नवलपुरले वाम गठबन्धनलाई समर्थन गरेको भन्ने गलत भ्रम सृजना गरिरहेका छन् ।’

राजमोले वाम गठबन्धनसँग बाग्लुङ र प्युठानमा चुनावी तालमेल गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *