बहुराष्ट्रबादको नारा लगाउनेहरु देशद्रोही : ओली

मंसिर १७ विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुराष्ट्रको नारा लगाउने क्षेत्रीय पार्टीहरु देशद्रोही भएको बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दे ओलीले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाए ।

नेता ओलीले भने, “एउटा शासन व्यवस्था,राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो ।” अध्यक्ष ओलीले सुशासन कायम राख्न, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गरे ।

संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उनले नेकपा एमालले नै क्षेत्रीयवादी वैमनुष्यता हटाइ राष्ट्रिय एकता कायम राख्ने धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गरे ।

चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरबाट छैंठो शहरमा पु¥याएको आरोप लगाउदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =