राप्रपाका पोखरा नगर अध्यक्ष र सचिव एमालेमा प्रवेश

मंसीर १७, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष र सचिव कार्यकर्ता सहित एमालेमा प्रवेश गरेका छन् ।

राप्रपाका नगर प्रमुख रमेश खत्री, सचिव अनिल केसीसहितका नेता-कार्यकर्ता शनिबार बाम एमालृेमा प्रवेश गरेका हुन् । उनीहरुलाई कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ र पोखरा लेखनाथ महानगरपालिकाका मेयरसमेत रहेका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् कास्की ईञ्चार्ज मानबहादुर जिसीले माला,खादा र अवीर लगाएर पार्टी प्रवेश गराएका थिए ।

बाम गठबन्धनमा प्रवेश गरेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० निवासी खत्री स्थानिय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदका पनि प्रत्यासी थिए । देशको आवश्यक्ता र जनताको चाहना अनुसार आफू बाम गठबन्धनमा प्रवेश गरेको खत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *