फोरमको चुनाव प्रचारमा गएको जिप दुर्घटना, चालकको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
मंसिर १७, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।
बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।
घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जिप दुर्घटनामा परेको हो ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित