आज ज्यापु दिवस तथा य.मरि पुन्हि मनाइदै

काठमाडौं, मंसिर १७ । आज ज्यापु दिवस तथा य.मरि पुन्हि मनाइदैछ । काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायले आज विषेश चाडका रुपमा मनाउँदै छन् । हरेक धान्य पूर्णिमाका दिन मनाइने राष्ट्रिय ज्यापू दिवसको अवसरमा योमरीलाई विशेष परिकारका रुपमा लिइन्छ ।

य.मरि पुन्हिका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यसलाई न्वागीका रुपमा लिन सकिन्छ । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने÷ख्वाउने चलन छ ।

आज मनाइने १४ औँ राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकूबाट भित्री शहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक ¥यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गएको मंसिर १० गते परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *