चर्चित बलिउड नायिका, जसले यसरी न्यूड फोटोसुट गरे


“
काठमाडौं, मंसिर १७ । सामाजिक सञ्जालमा सन्नी लियोनी र उनका पति डेनियल वेबरले नग्न तस्वीर खिचाए, जसले सानोतिनो हलचल ल्यायो । खासमा उनीहरुले यो तस्वीर पेटा नामक संस्थाको सहयोगमा एक अभियानका लागि खिचाएका थिए ।
त्यसो त सन्नी लियोनी आफैमा पोर्नस्टार हुन् । उनका लागि नग्न तस्विर सामान्य मानिन्छ । ‘बिग बोस’का लागि भारत आएकी उनी अन्ततः बलिउडमा प्रवेश गरिन् । बलिउडमा जम्दैछन् । अहिले उनको फिल्म ‘तेरा इन्तजार’ हलमा लागिरहेको छ ।
प्रसंग सनी लियोनीको होइन, उनले जस्तै नग्न तस्विर खिचाउने बलिउड अभिनेत्रीको हो । बलिउडमा अरुपनि नायिका छन्, जसले नग्न फोटोशुट गराए ।
इशा गुप्ता
हिन्दी चलचित्र बादशाहो रिलिज हुने वेलामा इशाले न्युड फोटो शुट गराएकी थिइन् ।उक्त तस्वीर सार्वजनिक भए लगत्तै उनी रातारात स्टार बनिन् ।
कल्कि कोचलिन
इशा जस्तै कल्कि कोचलिन पनि न्युड फोटोकै कारण चर्चामा आएकी थिइन् । सार्वजनिक तस्विरमा कल्कीको नाङ्गो ढाड मात्रै देखिएको थियो । तर, त्यहि तस्विरले उनले नाङ्गो तस्विर खिचाएको पुष्टि हुन्थ्यो ।
विद्या वालान
विद्या वालनले वजनको कारण धेरै आलोचना खेपिन् । तर, पनि उनको छवी अन्य नायिकाको तुलनामा फरक थियो । डब्बु रत्नानीको क्यामेरामा न्युड पोज दिएपछि उनको पनि आलोचना भएको थियो ।
मिलिन्द सोमण
९० को दशकमा मिलिन्द सोमण आफ्नो स्टारडमको कारण चर्चामा थिए । सोही समयमा उनले आफ्नै गर्लफ्रेन्डसंग एउटा जुत्ता कम्पनिका लागि न्युड फोटोसुट गराए । न्युड पोजकै कारण विवाद बढेपछि उक्त विज्ञापन प्रशारण हुन पाएन ।एजेन्सि
“
