चौध जिल्लामा डिजिटल भिलेज : सन्चारमन्त्री बस्नेत

मंसिर १६, दाङ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात प्रदेशका १४ जिल्लालाई सुचना प्रविधिको पहुच बढाउन डिजिटल भिलेज बनाउने उद्घोष गरेका छन् । त्यसमा दाङ पनि परेको बताउँदै त्यसकालागी जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क कम्प्युटर र इन्टरनेट सेवा समेत सन्चालन हुने जानकारी दिए ।

रिपोटर्श क्लव नेपाल प्रदेश नंवर ५ ले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले लोकतन्त्रलाइ बलियो बनाउन सन्चारकर्मिहरु सवल बन्नुपर्ने भन्दै सन्चारकर्मिहरुलाइ इन्टरनेट सेवाकालागी ६० प्रतिसत छुट दिने पनि जानकारी दिए ।

त्यसैगरी उनले दाङको समृद्धिकालागी एयरपोर्ट र अस्पतालको स्तर बृद्धिका लागी सरकार गम्भिर रहेको पनि उनले बताए ।
त्यसै अवसरमा उनले कम्युनिष्ट गठवन्धनले मुलुकमा अधिनायकवाद मात्रै ल्याउन खोजेको भन्दै अव लोकतन्त्रका पक्षमा नेपाली कांग्रेसको विजय निश्चित भएको पनि बताए । साथै, मन्त्री बस्नेतले पाँच नम्बर प्रदेशको राजधानी दाङ बन्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *