“नेपाली वाङ्मयका शिखर प्रेरक प्रा. डा. निर्मोही व्याससँग “”मकालु”” संवाद”


“
मंसिर १६, काठमाडौं ।
सगोत्रीः प्रा. डा. निर्मोही व्यास ज्यू, यहाँलाई मकालु खबर डट कमको साहित्यिक संवादमा हार्दिक स्वागत छ ।
व्यासः मकालु खबर र यहाँलाई हार्दिक धन्यवाद, नमस्कार ।
सगोत्रीः सञ्चै हुनुहुन्छ ?
व्यासः हजुर ठिकै छु ।
सगोत्रीः तपार्इँको दैनिकीसँग सम्बन्धित आजभोलिको तात्तातो खबर बताइदिनुहोस् न ?
व्यासः अन्य बाहिरी कुराहरूसँग मैले त्यति चासो राख्ने गरेको छैन । सेवानिवृत्त भैसकेपछि या पहिले पनि म निरन्तर आफ्नो चिन्तन, मनन, सिर्जन, अध्ययनमा नै बढीभन्दा बढी समय बिताउने गर्थेँ । सेवा निवृत्त भैसकेपछि, अहिले डेढ वर्ष भयो, म सम्पूर्ण रूपमा सिर्जन यात्रामा नै अघि बढीराखेको छु । कहिलेकाहिँ कार्यक्रममा उपत्यकाभित्र र बाहिरबाट पनि बोलाउनुहुन्छ ती मध्ये मलाई पायक पर्ने ठाउँमा र मलाई जहाँ जानै पर्ने भन्ने लाग्छ ती ठाउँहरूमा जाने गर्छु । बाँकि समय म घरै बसेर सिर्जन यात्रामा लम्किरहन्छु । सगोत्रीः अब तपाइँको दैनिकी निरन्तर सिर्जन यात्रामा नै पूर्ण रुपमा केन्द्रीत भएको हो ?व्यासः हजुर ! मैले लेख्न थालेको ८ वर्षको हुँदादेखि हो । म २००९ सालमा जन्मेको हुँ । २०१७ सालदेखि मैले कविता विद्या मार्फत् सिर्जन यात्रा थालेको हुँ र मेरो प्रकाशन यात्रा सन १९७??”
