भोट हाल्नु अघि बिचार गरौं, अधिनायकबाद रोज्ने कि लोकतन्त्र : देउवा

मंसिर १६, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै भोट हाल्नु अघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विषय निक्यौल गर्न सबै मतदातामा आग्रह गरेका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रिने भन्दै देशमा अधिनायकवाद आए समृद्धि र विकास गर्न नसक्ने देउवाले बताए ।

कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेशले आयोजना गरेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले विदेशीले कांग्रेसलाई मात्र पत्याउने हुँदा कांग्रेसले नै जित्न आवश्यक रहेको जिकिर गरे ।

यो देशमा समृद्धि र विकास ल्याउने काम नेपाली कांग्रेसले नै गर्न सक्ने दाबी गर्दै सभापति देउवाले नेपाली कांग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्य देखि लिएर प्रजातन्त्र, लोकतन्त्र पछि पनि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भई गणतन्त्र आएको र देशले कांग्रेशकै नेतृत्वमा संसारकै उत्कृष्ट सबैलाई समेट्न सक्ने नयाँ संबिधान २०७२ जारी भएको दाबी गर्दै संबिधान कार्यान्वयनका लागि समेत कांगेसले नै जित्नुपर्ने जिकिर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *