डोम समुदायकी एक्ली उम्मेदवार सुनिता

मन्जु वराईली
मंसिर १६, सुनसरी । आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा देश भरीकै प्रतिनिधीत्व गर्दै डोम समुदायिकी एक्ली उम्मेदवारको रुपमा उठेकी छिन सुनिता मरीक । नया शक्ति पार्टिको केन्द्रिय सचिवालय सदस्य ३५ वर्षिय सुनिता मरीक डोमलाई नया शक्ति पार्टिको तर्फ वाट सुनसरी क्षेत्र न १ वाट समानुपातिकको सुचिको एक नम्वरमा राखेको छ । उनी यति वेला आफनो पार्टिको गोलाकार भित्रको आखा चुनाव चिन्हमा भोट माग्दै प्रदेश नम्वर १ का विभिन्न जिल्लामा रहेका आफना डोम समुदाय वस्ने गाउ वस्ती शहरका गल्लीहरुमा चाहरी रहेकी छिन ।

नेपालको प्राय सवै जिल्लामा गरी झण्डै ५० हजार डोम समुदायका मानिसहरु वसोवार गर्दै आएका छन । विशेष गरी तराईमुलका यि जातिहरु तराईका सवै शहरी क्षेत्रमा सरसफाई तथा वासको हस्तकलाको व्यवसाय गर्दै आएका छन । दलित समुदायको पनि अति दलित अवस्थामा रहेका यि जाति अधिकाश भुमीहिन र गरीवी अवस्थामा रहेका छन । अशिक्षा र गरीवीका कारण पछाडि परेका डोम समुदायमा जम्निए पनि सो समुदाय वाटै स्नातक गर्ने सुनिता पहिलो महिला हुन । हाल सो समुदायमा शिक्षित युवाहरुको समुह वढदै गए पनि राजनितिक क्षेत्रमा लाग्नेहरुको सख्या भने नगन्य वरावर नै छ । त्यसैले पनि आफनो जातिको पक्षमा वकालत गरी दिने कमै भएकोले यस पटक प्रदेश सभामा आफनो उम्मेदवारी दिन वाध्य भएको सुनिता वताउछिन ।

राज्यले गरीवी र छुवाछुत हटाउन जति नै प्रयास गरेको वताए पनि डोम जातिको पक्षमा खासै सुधार आउन सकेको छैन । दलित कोटाको नाममा अन्य जातिका मानिसहरुले पटक मन्त्री देखि उपल्लो पदहरुमा आसिन भई सकेका छन । तर सधै रोजीरोटिको धनचक्करवाट वाहिर निस्कन नसकेका यो जातिका मानिसहरु वाट अहिले सम्म कसैले प्रतिनिधी सभामा टिकट सम्म पाएको थिएनन । तर यो पटक देशका अन्य ठुला पाटिर्हरुले नपत्याए पनि नया शक्ति पार्टिले सुनितालाई प्रदेश सभाको सदस्यमा पठाउने निर्णय गरेकोमा डोम समुदायका मानिसहरुले खुसी व्यक्त गरेका छन ।

इनरुवाका सुकुम्वासी वस्तीमा वस्ने ६० वर्षिय हिरालाल मरीक भोट माग्दै पुगेकी सुनितालाई विजयको लागी आशिर्वाद दिदै भन्छन “हामी जिवन भरी अरुको स्वास्थ्यको ख्याल गर्दै सधै गाउ शहर सरसफाई गरी दिनेहरु आफै भने गरीवी र अशिक्षाको कारण कहिले सफा भएर ढुक्कले एक छाक खान सकेनाैं तिमिले हाम्रो नेता भएर सो सव काम गर्नु पर्छ ” भन्छ ।
आफनो विजय आवश्यक
राजनितिमा समानुपातिक र समावेशी प्रतिनिधित्वको नारा दिएर कहिल्यै नथाक्ने अन्य दलहरुले अधिराज्य भरी वाटै कुनै डोम समुदायको मानिसलाई टिकट नदिएकोले प्रदेश सभामा आफनो उपस्थिति अति आवश्यक रहेको सुनिता वताउछिन । त्यसैले अधिराज्य भरी रहेका आफनो डोमजाति लगायत पहिचानवादि , वुद्धिजिवी गणतन्त्रवादि दाजुभाई दिदिवहिनीहरुले उत्साहपुर्वक सहयोग पुर्याई रहेको वताउछिन । उनी भन्छिन नया शक्ति पार्टिले मलाई समानुपातिक सूचीको पहिलो नम्वरमा राखेको छ । चुनाव जितेर सासद वन्ने मा म ढुकक छु ।

आफु मरीक समुदायको भएकोले सवै भन्दा पहिला देश भरीकै मरीक मतदाताहरु सग भेटधाट गरेर मत मागिरहेको छु । आफनो जाति सवै जाति भन्दा हेपिएको पिछडिएको गरीवीको रेखामुनी वस्न वाध्य भएकोले पनि उनीहरुको आवाजको सम्वाहक वन्न आफुले राजनितिको फेरो समाउन परेको वताउछिन । आफु रहरले भन्दा पनि एउटा सिगो समुदायको प्रतिनिधित्व गर्न वाध्य भएकी उम्मेदवार भएकोले पनि मलाई सवै जाति वर्ग लिङ्ग र गाउ शहरका दाजुभाई दिदि वहिनीहरुले मत दिएर सहानुभुति प्रकट गरीदिनु हुनेछ भन्ने आशा लिएको उनी वताउछिन ।

कम्प्युटर जी गुरुआमा
धरानमा जन्मिएकी सुनिता स्वर्गीय वेचन मरीक डोमकी जेठि छोरी हुन । धरानमा सरसफाईको काम गर्दै पन्चायतकालमा राष्टिय पन्चायतको स्वतन्त्र उम्मेदवार समेत वनेका वेचन पछिल्लो एक दशक ज्योतिष शास्त्रको अध्ययन गरेर पशुपति नाथ परीसरमा प्रसिद्ध ज्योतिषको रुपमा परीचित थिए । उनले आफनो दुई छोरालाई पनि ज्योतिष पेशामा लगाएका थिए । तर आफना चार जना छोरीहरुलाई भने उच्च शिक्षा सम्म पढाएका थिए । स्नातक सम्म अध्ययन गरेकी सुनिताले केही वर्ष अधि सम्म धरानमा नै कम्प्युटरको शिक्षण सस्था खोलेर चलाएकी थिईन ।

नेपालमा भर्खर भर्खर कम्प्युटर आएको वेला पुर्वान्चलमा पहिलो पटक एक्ली महिलाले माईक्रोसफट कम्प्युटर एजुकेशन सेन्टर खोलेर धेरै गरीव, दलित विधार्थी तथा पत्रकार गृहणीहरुलाई तालिम दिएकी थिईन । उनले झण्डै ५ हजार विधाथीहरुलाई कम्प्युटरको ज्ञान दिएकी हुनाले उनलाई धरानमा कम्प्युटरकी गुरुआमा पनि भन्ने गर्थे । सामाजिक संध सस्था तथा र पत्रकारीतामा पनि जोडिएकी सुनिता नया शति पार्टिमा स्थापनाकाल देखिनै आवद्ध भएकी हुन । सुनिता दलित अधिकारमुखी पत्रिका नेपाली मन्चकी सम्पादक समेत भएर काम गरीरहेकी छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *