कपिलबस्तुमा पनि उम्मेदवारको घरमा बम विस्फोट

मंसिर १६, कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरमा सामान्य क्षती पुगेको छ ।

बाणगंगा नगरपालिका–१० स्थित घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए । राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवारको घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुनसक्ने भन्दै उक्त विषयमा अनुसन्धान गरिरहेको बताए ।

शुक्रबार दिउँसो पनि शिवराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरी रिमोट बम प्रहार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =