कृष्णबहादुर महरा भन्छन्– चुनावपछि दाङ राजधानी, शंकर पोख्रेल मुख्यमन्त्री

मंसिर १६, दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले प्रदेश नं ५ को राजधानी दाङ बनाउनुपर्ने बताएका छन् । उनले पाँच नं प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल बन्ने पनि दावी गरे ।

शुक्रबार एक चुनावी कार्यक्रममा बोल्दैे नेता महराले गठबन्धनका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आफू र शंकर पोखरेलसँग दाङलाई नै राजधानी बनाउने बचन दिएको सुनाए ।

महराले वाम गठबन्धनले दुई तिहाईभन्दा बढी मत आउने दावी पनि गरे । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यवेक्षकहरुको आंकलन पनि बाहिर आएको छ । पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढि बाम गठबन्धनले जित्ने आंकलन आएको छ, अब बाकस खोल्न बाँकी छ । दुई तिहाईभन्दा बढि नै आउँछ ।’

उनले वामगठबन्धनले जितेपछि अहिले हल्ला फिँजाइएको जस्तो कम्युनिष्ट शासन नआउने स्पष्ट गरे । ‘एकदलीय पनि होइन, अधिनायकवाद पनि होइन, यहि संविधानको मर्म र भावना अनुसार अघि बढ्ने बढछौं ।’ उनले भने ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *