इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी विजयी

काठमाडौं, मंसिर १३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गयराती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४–२ ले हराएको हो । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ ।

प्रिमियर लिगमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्दा चेल्सी र स्वान्सी सिटी, आर्सनल र हडर्स्फिल्ड टाउन तथा स्टोक सिटी र लिरभपुल भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =