प्रितीको नक्कल गर्ने लाली चाउचाउ बिक्रीमा रोक

मंसिर १२ , काठमाडौं । यशोदा फुड्स प्रालिको लाली चाउचाउको प्याकेट प्रिती चाउचाउको प्याकेटसँग हुबहु मिल्न गएको हुँदा उद्योग विभागले उक्त र्यापर परिवर्तन गर्न निर्देशन दिएको छ । लाली चाउचाउ एशियन थाई फुड्स प्रालिको उत्पादन प्रिती चाउचाउको हुबहु आएको पाइएको छ ।

एशियान थाई फुड्स प्रालिले २०४७ सालमा हाल आएर एशोदा फुड्स प्रालिले प्रिती तयारी चाउचाउको प्याकेट डिजाइनको हुबहु नक्कल गरि लाली तयारी चाउचाउ बजारमा ल्याएको भन्दै उद्योग विभागमा उजुरी दर्ता गरेको थियो ।

उजुरी दर्ता भएपछि उद्योग विभागले २०७४ असोज १० गते यशोदा फुड्स प्रालीलाई प्रिती चाउचाउको प्याकेटसँग हुबहु मिल्ने गएको हुँदा ४५ दिनभित्र र्याप परिवर्तन गर्न निर्देशन दिएको छ ।

सो मिति पछि बजारमा वितरण गर्न समेत रोक लगाइएको सुचनामा उल्लेख छ । यदि सो मिति पछि विक्री वितरण गरिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उद्योग विभागले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =