६ उपसचिवको काज सरुवा बदर गर्न आयोगको निर्देशन

१२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले ६ जना उपसचिवहरूको काज सरुवा तत्काल बदर गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगबाट सहमति नलिई सरुवा गरेको पाइएकाले अविलम्ब बदर गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीहरुको सरुवा, नियुक्ति लगायत कुनै पनि काम गर्न पाइँदैन । यदि गर्नैपर्ने भए आयोगको पूर्वस्वीकृति लिनुपर्दछ । तर, गृहमन्त्रालयले स्वीकृति नै नलिइ तीनजना प्रमुख जिल्ला अधिकारीसहित ६ जना उपसचिवहरुको काज सरुवा गरेको थियो ।

आयोगको निर्णयमा भनिएको छ, ‘गृह मन्त्रालयको पत्र एवं सोसाथ प्राप्त निर्णय फाइलको अध्ययन गर्दा नेपाल प्रशासन सेवाका विभिन्न छजना उपसचिव ९जसमध्ये तीनजना प्रजिअ०को काज सरुवा गरिसकेपछि आयोगको सहमति माग गरिएको विषयका सम्बन्धमा गृह मन्त्रालयबाट माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको सन्दर्भमा आयोगबाट सहमति नलिई गरिएको उपर्युक्तअनुसारको काज सरुवा तुरुन्त बदर गरी सोको जानकारी यस आयोगमा गराउन हुन ।’

मन्त्रालयबाट गरिएको उपसचिवको काज सरुवा अविलम्ब बदर नगरेमा आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३० आकर्षित हुन सक्ने व्यहोरासमेत मन्त्रालयलाई जानकारी गराउन पत्राचार गर्न भनिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =