सानिमा इक्वीटी फण्डको सार्वजानिक निष्कासन

काठमाडौं, मंसिर ११ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहि नेपाल धितो पत्र बोर्डमादर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामक प्रतिइकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजनामाकुल ईकाईको १५% अर्थात १,८०,००,००० (एक करोड असीलाख) इकई कोष प्रवर्धक श्री सानिमा बैंक लि. तथा योजना व्यवस्थापकश्री सानिमा क्यापिटल लि. लाई सुरक्षित राखीबाँकी १०,२०,००,००० (दश करोड बीस लाख) इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटो मा मंसिर १५ गते शुक्रबार सम्ममा सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको जनाएको छ ।

यस योजनामा सहभागीहुनचाहने व्यक्तिगत तथा संस्थागत लगानी कर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदनदिन सकिने छ । योजना मान्यूनतम १०० इकाई अर्थात रु १ हजार देखीलिएर अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिने छ । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितो पत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैया सम्म पु¥याउन सकिने छ ।
योजना सम्बन्धीविस्तृत विवरण (आह्वानपत्र, विवरण पुस्तीका) सानिमा क्यापिटलको बेवसाइट  www.sanima.capital बाट हेर्न र डाउनलोड गर्न सकिने छ ।

सानिमा क्यापिटलको पृष्ठभुमि
सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित यस सानिमा क्यापिटल लिमिटेड धितोपत्रव्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपालधितोपत्रबोर्डबाट अनुमतिप्राप्तकम्पनीहो । यस कम्पनीले हाल देहायबमोजिमका सेवाहरु प्रदानगर्दै आएको छ ।
१) लगानिब्यबस्थापन सेवा
२) म्युचुअलफण्ड सञ्चालन
३) धितोपत्रनिश्काशनतथाबिक्रिप्रबन्धक
४) धितोपत्रप्रत्याभुति सेवा
५) शेयर रजिष्ट्रार सेवा
६) निक्षेप सदस्यता सेवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =