चीन विरुद्ध नेपाल ५० रनले विजयी, तर विश्वकप छनौटबाट बाहिर

मंसिर १०, काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । जितपछि पनि नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ ।

चीनले १८।२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो। चीनका लिउ जियाउनन ३, फेङफेङ सङ १ तथा झाङ चान सुन्य रनमा आउट भएका थिए। नेपालकी सबनम राईले र रुविना क्षेत्रीले ३र३ विकेट लिन सफल भए। त्यस्तै, सीता राना मगरले दुई तथा करुणा भण्डारीले एक विकेट लिएकी छिन्।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो। समूहको अन्तिम खेलमा राम्रो सुरूवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो।

त्यसपछि २० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुँदा चार विकेट खेर फालिसकेको थियो। एकपछि अर्को विकेट गुमाउँदै गएको नेपालले ८३ रनमा आठौं विकेट गुमायो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वा्धिक १८ रन बनाउँदा काजल श्रेष्ठले १६ रन बनाइन्। नेरी थापाले ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =