दलहरुद्धारा निर्वाचन आचारसंहिता उल्लंघन

मङ्सिर १०, सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा नयाँ शक्ति नेपालका उम्मेदवाहरुले घरदैलो अभियानलाई तीव्र रूपमा अगाडी बढाएका छन् । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै उनीहरूले घरदैलो अभियानलाई तीव्र रूपमा अगाडी बढाएका हुन् ।

सुनसरी २ निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार उमेश थापा र प्रदेश ‘क’ का उम्मेदवार राजेश चौधरी सहितको केन्द्रीय नेताहरूको टोलीले आज बृहत् घरदैलो कार्यक्रमको ¥याली निकालेको छ ।


कान्छी चौकदेखि निकालेको र्यालीले २ नम्बर क्षेत्रको मतदाताहरुको घरमा पुगेको प्रदेश ‘क’ का उम्मेदवार चौधरीले बताए । उनले चुनावी एजेण्डा सुनाउँदै मतदाताहरुलाई भोट माग्ने गरेको बताए । उनले भने, ‘हाम्रो एजेण्डा सुनेर हामी प्रति मतदाताको आकर्षण बढेको छ ।’

यसैबिच लोकतान्त्रिक गठबन्धनमा आबद्ध सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले निर्वाचन आचारसंहिताको उलंग्घन गरेको पाइएको छ । आचारसंहिता उलग्घन गर्ने फोरम नेपाल र नयाँ शक्तिको चुनावी प्रचार प्रसारमा प्रयाेग गरिएकाे सवारी साधनलाई प्रहरीले आज धरानमा पक्राउ गरी सम्बन्धित व्यक्तीलार्इ चेतावनी दिए छाडिएकाे छ ।

सार्वजनिक सडकमा माइकिंङ्ग गरेर ध्वनी प्रदूषणसमेत गरेकाले शनिवारदेखि त्यस्ता प्रचार शैलीलाई बन्देज गराइएको डिएसपी रामेश्वर खनालले बताए । उनका अनुसार विभिन्न स्थानबाट दुई पार्टीको सवारी साधान पक्राउ गरेर पछि चेतावानी दिएर छाडिएको थियो । प्रहरीले पक्राउ गरेको सिटी सफारीलाई वडा प्रहरी कार्यालय धरानमा राखेर पार्टीका नेतालाई सम्झाइ बुझाइ गरी छाडिएकाे थियाे । डिएसपी पौडेलका अनुसार सार्वजनिक चौक र सडकमा पार्टीको झन्डा राख्ने, माइकिङ्ग गरेर होहल्ला मच्चाउने जो सुकैलाई पक्राउ गरी कार्वाही हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =