धादिङको तीनवटा मतदान केन्द्रमा बम, सेनाद्धारा निस्क्रिय
२०७४ जेठ १५ गते

“
मंसिर १०, धादिङ । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान चलिरहँदा धादिङको विभिन्न स्थानमा बम भेटिएको छ । आइतबार विहानदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान कार्य भइरहँदा विभिन्न स्थानमा बम भेटिएको हो ।
धादिङको गजुरी गाउँपालिका–३, थाक्रे–३ र धुनीबेशी नगरपालिका – ५ को मतदान केन्द्र नजिकै बम भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तीनै ठाउँमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरीसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक ध्रुवराज राउतले बताए ।
मतदातालाई डर देखाउन राति नै बम राखेको हुनसक्ने आशंका गरिएको छ । बम निस्क्रिय पारिसकेकाले ढुक्क भएर मतदान गर्न प्रहरीले आग्रह गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








