आज ‘महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवस’

मंसिर ९, काठमाडाैं । आज ‘महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

यस वर्ष ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौँ’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवस २०७४ का अवसरमा सम्पूर्ण नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिला हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य भएको उल्लेख गर्दै समाजमा चलिआएका अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्यका लागि नागरिक समाजले चेतना फैलाउनुपर्ने बताएकी छ् ।

दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =