नेपालगञ्ज उपमहानगरपालिकाद्धारा दुई अर्ब ७७ करोड बढिको प्रस्ताव 

बाँके, मंसिर ८ । नेपालगञ्ज उपमहानगरपालिकाले दुई अर्ब ७७ करोड बढिको प्रस्ताव प्रस्तुत गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पहिलो नगरसभाले दुई अर्ब ७७ करोड ९ लाख १ हजार ५ सय ९६ को आय÷व्यय प्रस्ताव प्रस्तुत गरेको हो । स्थानीय तहको निर्वाचनपछि उपमहानगरपालिकाले चालु आर्थिक वर्ष ०७४÷०७५ का लागि आन्तरिक तथा बाह्य श्रोतबाट उक्त आय प्रस्तुत गरेको छ ।

सभामा उपमहानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले चालु आर्थिक वर्षमा आन्तरिक श्रोतको १३ करोड ५१ लाख ७५ हजार आय र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान गरि दुई अर्व ५७ करोड ५८ लाख ५६ हजार समेत गरी कुल आय दुई अर्व ७७ करोड ९ लाख एक हजार हुने अनुमान वजेट सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *