चुनावपछि नयाँ युगकाे सुरुवात : ओली

मङ्सिर ८, सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने बताए ।

चुनाव लगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उनको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याए । “वामपन्थीको सरकार बन्नलाई कसैले रोक्न सक्दैन ।” उनले भने, “चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ ।”

 

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताए । देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उनले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिने बताए ।

साेहि अवसरमा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता भएको भन्दै चुनावपछि बन्ने स्थिर सरकारबाट नै देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महसुस गर्ने बताए ।

प्रतिनिधिसभा अन्तर्गत निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाही, क्षेत्र नं २ का प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेल लगायतले वाम गठबन्धनलाई जिताउन सबै मतदातासँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =