जन्मदिन अनुसार यसरी थाहा पाउनुस केटा केटीको जोडी बन्छ कि बन्दैन ?

एजेन्सी । ज्योतिष शास्त्रमा अङ्कको ठुलो महत्त्व रहन्छ । ज्याेतिषहरू अङ्क अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् । विवाहका लागि अङ्क मिलान एकदमै महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्नन थालेपछि यसको महत्त्व झनै बढेर गएको हाे । ज्याेतिहरू जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्छ कि बन्दैन भनेर निर्धारण गर्छन् ।

के हो मुलाङ्क ?

कुनै पनि व्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको सङ्ख्याको कुल हो अर्थात् तपाईँको जन्म मिति १० गते हो भने तपाईँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।

मुलाङ्कमा ९ सम्म अङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ति हुने ज्योतिषको दाबी छ । तर, १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरूको जीवनमा सधैँ झगडा हुन्छ ।

यदि केटाको मुलाङ्क २ छ भने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो हुन्छ । नत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ । यस्तै, जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो हुन्छ ।

मुलाङ्क ५ हुने पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । भने, केटाको मुलाङ्क ६ भएका केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ । मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।

मुलाङ्क ८ हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ । त्यसै गरी जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर, यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राख्नु हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *