दर्शकको मन छुदैे ‘कर्णाली मष्टो’

काठमाडौं, मंसिर ८ । काठमाठौंमा अध्ययनरत जुम्ला तिला गाउंपालिकाका दिर्घप्रसाद उपाध्याय कर्णाली मष्टो हेर्न राष्ट्रिय नाचघर जमल पुगे । उनले अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको सुनेपछि काठमाण्डौका आफ्ना साथिहरु सहित संगित फिल्म हेर्न पुगेका थिए । उनकै गाउं घरतिरको धामी नाच हेरेपछि उनि त मख्ख भएनै तर उनका साथीहरुको पनि मन छोयो । कर्णालीमा यस्तो लागेक संस्कृति रहिछ भन्ने थाहा पाए ।

धामी र मष्टो देवताको वारेमा सुनेको मात्र थिए त्यसको वारेमा आज फिल्म हेरेपछि सवै थाहां पाए काठमाण्डौकी रक्षा थपोलियाले भनिन् । कलेजमा पढ्दा खेरी कर्णालीका साथीहरुले मष्टोको वारेमा वताउने गरेका थिए । तर यस्तो संगित र नृत्य पनि हुन्छ भन्ने थाहां थिएन । काठमाण्डौ राष्ट्रिय नाचघर जमलमा मंसिर ६ गते देखि सुरु भएको फिल्म महोत्सव ९ गते सम्म संचालन हुने छ ।

महोत्सवमा कर्णालीबाट वनेको पहिलो लोक संगित फिल्म छनौटमा परेको फिल्मका सिनेटोग्राफि प्रकाश उपाध्यायले वताए । यस फिल्मको कम्पोजर समेत रहेका उपाध्यायले भने मध्य तथा सुदुर पश्चिममा कुल देवताको रुपमा मानिदै आएको मष्टो देवताको वारेमा धेरैले सुनेको तर थाहां पाएका थिएनन् । यस संगित फिल्मले मष्टोको इतिहासनै वताएको छ ।

महोत्सवमा फिल्म हेर्ने अधिकाशंले यस फिल्मा बजाइएको बाजाको प्रशंसा समेत गरेका थिए । दमाह, सुनाइ, शंक लगायत देवताको थान ( मन्दिरमा) प्रयोग हुने सम्पूर्ण बाजाहरु समेटिएको कर्णाली मष्टो फिल्मका निर्देशक एलपी देवकोटाले वताए । यस संगित फिल्ममा मष्टो देवता आउने धामीमा धामी चढाउनका लागि सहायक धामीहरुले आफेनो नाच प्रस्तुत गरेका छन् । विभिन्न संगेतिक पुकार गरेपछि मुख्य धामीमा देवता चढेकोे देखाइएको छ ।

जुम्लाको सिंजा क्षेत्रका छायांकन गरिएको फिल्मममा कसम जुम्लाले प्राविधिक सहयोग गरेको निर्देहक देवकोटाले वताए । प्रकाश उपाध्याय, एलपी देवकोटा, देविकृष्ण अधिकारी र दिपेन्द्र उपाध्याय यस फिल्मको निर्माता रहेका छन् । कर्णालीमा तयार गरिएको पहिलो लोक संगित फिल्म कर्णाली मष्टो पनि प्रदर्शन भैरहदा मध्य तथा सदुरपश्चि र कर्णालीका दर्शकहरु राष्ट्रिय नाचघर जमलमा पुगेका थिए । सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा वनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा बृत्तचित्र देखाइदै छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *