दोलखामा आचारसंहिताको ब्यापक उल्लंघन, कर्मचारीसमेत मान्दैनन् निर्वाचन आचारसंहिता

मंसिर ७, चरिकोट । दोलखाका कर्मचारी नै कुनै दल विशेषसंग आबद्ध भएर निर्वाचनमा सहभागी हुन खोजेपछि जिल्लाको निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गर्न थालिएको छ । कर्मचारी आफैँले निर्वाचनको आचारसंहिता उल्लंघन गर्दा दललाई किन आचारसंहिता उल्लंघन गरेको भनेर सोध्न सक्ने आँटसमेत नभएको स्थानीयको आरोप छ । अहिले जिल्लामा निर्वाचन आचारसंहिता विरोधी गतिविधि बढ्दै गएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम चरिकोटमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याइएका छन् । तर, स्थानीय प्रशासनले ति सामाग्री हटाउन सकेको छैन ।

पार्टीका उम्मेदवारले आचारसंहिता पालनामा चासो नदेखाए पनि स्थानीय प्रशासनले पनि आचारसंहिता उल्लंघन गर्न सहयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ । चरिकोटको सातदोबाटोचोकदेखि नेपाली काँग्रेसको पार्टी कार्यालयसम्म लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र माले पार्टीको प्रचार सामग्री झुण्ड्याइएका छन् । स्थानीय प्रशासनले सम्बद्ध उम्मेदवारका तस्वीरसहित फ्लेक्स ब्यानर, चुनाव चिह्नका झण्डा र पोस्टर अझैसम्म हटाउन सकेको छैन ।

निर्वाचन अनुगमन समितिका अधिकृत समेत रहेका जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता कैलाश दाहालले कुनै एक पार्टीको मत मागेर फेसबुकमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कसैलाई आफूले नछोड्ने बताए ।

यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यलयका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्ले आफूलाई यस विषयमा थाहा नभएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =