वामगठबन्धनले बहुमतको पाँच बर्षे सरकार सञ्चालन गर्ने ओलीको दाबी

बुटवल, मंसिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको कुनै सर्टीफिकेट लिन आवश्यक नरहेको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसले कम्यूनिष्टले जिते लोकतन्त्र खतरामा पर्छ भन्दै भ्रमको खेती गरेको बताउनुभयो ।

वामगठबन्धनले आज बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४६ सालको आन्दोलनमा सडकमा संघर्ष गर्दा काँग्रेसका नेता भारत गएर बसेको आरोप लगाउनुभयो । लोकतन्त्रका लागि लडेको पार्टीलाई कुनै अन्तराष्ट्रिय चिन्हको जरुरत नरहेको भन्दै ओलीले वामगठबन्धनले बहुमतको पाँच बर्षे सरकार सञ्चालन गर्ने दाबी गर्नुभयो ।

उहाँले वामपन्थीको नेतृत्वमा बन्ने सरकारले दीगो विकासको लक्ष्यलाई आत्मसाथ गरि दु्रत विकास गर्ने पनि बताउनुभयो । दुई पार्टी मिलेर राष्ट्र निर्माणको महाअभियानमा लागेको बताउँदै ओलीले यो पटक देशलाई समृद्ध बनाउने सरकारका लागि वामपन्थीलाई जिताउन अपिल गर्नुभयो । कम्यूनिष्टहरुकै बलमा पूँजीबादी गणतन्त्र, आएको भन्दै उहाँले अब समाजवादी व्यवस्थामा मात्रै जनताको भविष्य हुने भएकाले त्यो दिशामा जानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा एमालेका उप—महासचिव विष्णुप्रसाद पौडेलले एमाले अध्यक्षलाई साँची राखेर बुटवल प्रदेशको राजधानी बनाएरै छाड्ने उद्घोष गर्नुभयो । २०५४ सालयता भएका निर्वाचनमा बुटवल क्षेत्रमा एमालेले जित्दै आएको छ । वामगठबन्धनको ठूलो सभाको रुपमा हेरिएको सभामा प्रचण्ड नआएपछि माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल आउनुभएको थियो । थापाले पनि अब वापन्थीको सरकारले समाजव ल्याउने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *