महिला टी-२० क्रिकेटमा पहिलोपटक एउटै खेलमा दुई सतक

एजेन्सी । अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारी महिला एसेज सिरिज अन्तर्गतको तेस्रो टी-२० खेलमा इतिहासकै पहिलोपटक एउटै खेलमा दुईवटा सतक बनेको छ ।

कुनै पनि महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको एकै खेलमा दुईवटा सतक बनेको यो पहिलो पटक हो । तेस्रो टी-२० मा टस जितेको अस्ट्रेलियाले मनुका ओभल मैदानमा पहिले ब्याटिङ गरेको थियो । अस्ट्रेलियन ओपनर बेथ मुनिले मात्र ७० बलमा १९ चौका र १ छक्कासहित अविजित ११७ रनको पारि खेलेपछि पहिलो इनिंगमा घरेलु टिमले दुई विकेट गुमाउँदै १७८ रन बनाएकाे थियाे ।

मुनिले प्रहार गरेको १९ चौका महिला टी-२० अन्तर्राष्ट्रियको एकै खेलमा प्रहार गरेको सबैभन्दा धेरै हो । दोस्रो इनिंगमा १७९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डको लागि ओपनर डानियल व्याटले मात्र ५७ बलमा १३ चौका र २ छक्कासहित शतकीय पारि खेलेपछि भ्रमणकारी टिमले खेल १ ओभर बाँकी छँदै ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *