अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मष्टो’

ईश्वरी प्रसाद देवकोटा, जुम्ला । अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । राजधानीमा मङ्सिर ६ गते देखि ९ गते सम्म सञ्चालन हुने महोत्सवमा कर्णालीबाट बनेको पहिलो लोक सङ्गीत फिल्म छनौटमा परेको हो । लोक गीत, लोक सङ्गीत, लोकवाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धान सँगै प्रचार प्रसार गर्न अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवमा हुन लागेको हो ।

कर्णालीमा तयार गरिएको पहिलो लोक सङ्गीत फिल्म कर्णाली मष्टो पनि प्रदर्शन हुने भएको छ । सुदुर पश्चिम र मध्यपश्चिमा मष्टो देवता लाई कुल देवताको रूपमा मान्ने गरिन्छ । मष्टो देवता सम्बन्धी तयार गरिएको फिल्ममा धामी नाच प्रस्तुत गरिएको छ । एउटा मूल धामीलाई कसरी बाेलाइन्छ भन्ने प्रस्तुत गरिएको छ । सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा बनेका लोक सङ्गीतसँग सम्बन्धित ३२ वटा वृत्तचित्र देखाइने छन् ।

सांस्कृतिक संस्थासँगको सहकार्यमा नेपाली लोक बाजा संग्रहालयले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट ८ वटा फिल्म छानिएका छन् । महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मोष्टो’, रेनू क्षेत्रीको ‘सङ्कटमा भगवान्’, तुलसी प्रभासको ‘गल्लाई लाहुरे लोक गीत’, चांचदनीकुमार मल्ल विष्टको ‘शक्ति द डिभाइन फिमेल पावर’, डिबी नेपालीको ‘हुड्के एण्ड दमाहा डान्स’, मार्टिन अर्चम्बल्टको ‘नेपाल एण्ड इन्डिया’, ‘म्युजिक एण्ड ट्राडिसन्स’, पशुराम राईको ‘परुसेवा’ र शंकरसिंह विष्ण्टको ‘सेक्रेड म्युजिक अफ द गडेस’ छ ।

विश्वका अन्य मुलुकमा लोक संस्कृतिको जगेर्ना कसरी भइरहेको छ भन्ने थाहा पाउन पनि महोत्सव आयोजना गरिएको हो । विश्वमा रहेका देशहरूले आफ्ना मौलिक लोक संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के कस्ता कार्यहरू गरिरहेका छन् । मौलिक संस्कृति संरक्षण गर्न के कस्ता काम गनुृपर्ने रहेछ भन्ने अनुभव आदानप्रदान गर्ने थलोको रूपमा महोत्सवलाई आयोजकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =