नक्कली सर्टिफिकेट बनाउने गिरोह पक्राउ
“
मङ्सिर ५, काठमाडाैं । प्रहरीेले नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, टेकुले मङ्गलवार पत्रकार सम्मेलन गरी नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भुवानीप्रसाद भट्टराई, कालिकोटका विशालजंग शाही र सुरेश शाही, सुनसरीका अभय पोखरेल, काठमाडौँका अनिल श्रेष्ठ, सन्तोषकुमार तिवारी र काभ्रेका देवराज तामाङ रहेका छन् । उनीहरूलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा, टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
नक्कली सर्टिफिकेट बनाउने गिरोहहरुको साथबाट प्रहरीले प्लस टुको माईग्रेशन सर्टिफिकेट १ थान, एसएलसीको सर्टिफिकेट १ थान, विएडको मार्कसिट एक थान, नेपाली नागरिकता ६ थान पनि बरामद गरेको छ । गिरोहले सर्टिफिकेट बनाउने भन्दै करिब ४ लाख ३७ हजार भन्दा बढी रकम विभिन्न व्यक्तिहरुबाट लिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
“