बाम गठबन्धनले दुर्इ तिहाइ भन्दा बढी मत ल्याएर चुनाव जित्ने: चाैधरी
२०७४ जेठ १५ गते

“
मङ्सिर ३, सुनसरी । बाम गठबन्धनले दुर्इ तिहाइ भन्दा बढी मत ल्याएर चुनाव जित्ने भगवती चाैधरीले दाबी गरेकी छन् । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनकी उम्मेदवार हुन् । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा झिनो मतले विजयकुमार गच्छदारसँग पराजित भएकी चौधरीले यसपालि गाँउदेखी केन्द्र सम्म एमालेकाे सरकार बन्ने दाबी गरेकी छन् ।
उनले एकै ठाउँमा बस्दा कहिले काहि झगडा हुने भए पनि हामी कम्युनिस्ट भएकाले अलग अलग बिचार भएका पनि देश विकासमा प्रतिबन्ध रहेकाे समेत बताइन । उनले एमालेकाे सरकारले ३ नम्बर क्षेत्रमा समेत आमूल परिवर्तन ल्याउने दाबी गरिन् । उनले भनिन्, एमाले सरकार राष्ट्रसभादेखि प्रतिनिधिसम्म रहने भएकाले सुनसरी क्षेत्र नम्बर ३ काे विकास एमालेकाे सरकारले नै गर्नेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








