ढुङ्गानालाई सम्मान गर्ने र आफूलाई मतदान गर्ने बस्नेतकाे दाबी

“
मङ्सिर ३, भक्तपुर । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले जनताले नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सम्मान गर्ने र आफूलाई मतदान गर्ने दाबी गरेका छन् । उनले ढुंगानालाई सम्मान र आफूलाई मतदान गरेर विजयी गराउन काँग्रेस कार्यकर्ता नै तयार रहेको बताएका हुन् ।
बाम गठबन्धनका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पूर्वमन्त्री बस्नेतले आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ बाेल्दै यस्ताे भनेका हुन् । उनले भक्तपुरका जनतासँग घुलमिल हुँदै आएको र विकास निर्माणको काममा समेत अग्रणी भूमिका निर्वाह गरेकाले आफू निर्वाचनमा विजयी हुने बलियो आधार भएको पनि बताए । उनले आफ्ना प्रतिष्पर्धी ढुंगाना काँग्रेसकै कार्यकर्तासँग पनि परिचित नभएको पनि दाबी गरे ।
पूर्व मन्त्री बस्नेतले निर्वाचनमा पराजय हुने देखेपछि विपक्ष दलहरूले आफूमाथि मतदातालाई प्रभावित तुल्याउन पैसाको चलखेल गरिहेको आरोप लगाइएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।
“








