काे थिए प्रकाश दाहाल ? (फाेटाे फिचर)

मङ्सिर ३, काठमाडाैं । प्रकाश दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्डका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 

 

 

उनले अाफ्नाे बुबा प्रचण्डलार्इ भूमिगतकालदेखि सघाउँदै आएका थिए । आफूले बुबा र पार्टीलाई सहयोग गर्ने जिम्मेवारीका कारण पढ्न नपाएको प्रकाशले बताउने गर्थे ।

 

 

कम्प्युटरमा रुचि र जानकार भएकाले दिवङ्गत नेता पोष्टबहादुर बोगटीले बुबा प्रचण्डको सचिवालयको जिम्मा आफूलाई दिएको प्रकाशले बताउने गर्थे ।

सगरमाथा आरोहणका लागि पाँच वर्षअघि तत्कालीन सरकारले उनलाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि त्यसको चर्को आलोचना भएको थियो ।

त्यसपछि प्रकाशले सरकारी रकम नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । बहुविवाहलाई लिएर उनको आलोचना हुने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =