सामाजिक सञ्जालमा सक्रिय प्रकाशले अब कहिल्यै फेसबुक चलाउने छैनन्

मंसिर ३, काठमाडौं । प्रकाश दाहाल सामाजिक सञ्जालमा सक्रिय भइरहन्थे । खासगरी राजनीतिक विषयबस्तुले उनको फेसबुक पेजमा स्थान पाउने गरेका थिए । फेसबुक मार्फत राजनीतिका गहकिला विचार ब्यक्त गर्ने प्रकाशले अब कहिल्यै फेसबुक चलाउने छैनन् ।

प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेको मानिसको तस्वीर श्यामश्वेत बनाउने चलन छ । यो संयोग नै मान्नुपर्छ मृत्युपूर्व नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् । कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए ।

आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए । दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

प्रकाशले यसैवर्ष दर्शैमा टिका लगाएका थिए । यसअघि उनले दशैं मनाउने नगरेको फेसबुकमा लेखेका थिए । यो दशैं नै उनका लागि पहिलो र अन्तिम दशैं हुन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *