‘कम्युनिस्ट सरकार आए निजी सम्पत्ति कब्जा हुन्छ रे हो ?’

दाङ, मंसिर २ । ‘कम्युनिस्ट सरकार बनेपछि त हाम्रो निजी सम्पत्ति नै हुँदैन् । घरजग्गा सबै सरकारले कब्जा गर्छ । आठ घन्टा अनिबार्य काम गर्नुपर्छ ।

विहे गर्न नी पाईंदैन । गरेको भए पनि सँगै बस्न पाईंदैन । यसो हो भने त हामीले कम्युनिस्टलाई किन भोट दिने ?

विहीबार राजपुर गाउँपालिका–३ करगाखोला पुगेका बाम गठबन्धन उम्मेदवार इन्द्रजित थारुलाई पानकुमारी बादीले प्रश्न गरिन् । पानकुमारीको यस्तो प्रश्न पछि इन्द्रजित अक्क न बक्क परे ।

इन्द्रजितले उत्तर दिनुअघि पानकुमारीलाई अरु के के सुनेको छ उल्टै प्रश्न गरे । पानकुमारी पनि सुनेको कुरा सुनाउँदै गइन्, ‘आफ्ना लोग्नेलाई लोग्ने भन्न नि पाईंन्न भन्छन् । छोराछोरी पनि बाउँआमासँग बस्न पाउँदैनन् । बोल्नसमेत प्रतिबन्ध लाग्छ । सरकारले जे भन्यो त्यही मान्नुपर्छ । नत्र सरकारदले जे पनि गर्न सक्छ रे ।’

यी सब कुरा उनले बाम गठबन्धनका उम्मेदवार पुग्नु एकदिन अघि मात्र गाउँमा सुनेको बताईन । स्थानीयको कुरा सुनेपछि उम्मेदवार थारुले यस्ता सबै कुरमा भ्रम मात्र भएको बताए ।

‘जनतालाई अझै रैती नै ठान्ने प्रबृत्तिको अन्त्य अझै हुन सकेको छैन । केही मान्छे यस्तै भ्रम छरेर चुनाव जित्ने प्रयास गरिरहेका छन् ।

उनले भने, ‘ढुक्क हुनुहोस कम्युनिस्ट सरकार बनेपछि मुलुक अझै लोकतान्त्रिक र समृद्ध हुनेछ ।’ –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *