पर्बतमा चुनाबी सर्गर्मी तिव्र, विरासत कायम गर्ने र भत्तकाउने बीच होडबाजी

एनएच पौडेल
पोखरा,कात्तिक २९ । प्रदेश नम्वर ४ अन्तगतको एउटामात्र संसदिय निर्वाचन क्षेत्र रहेको पर्वतमा लोकतान्त्रीक गठबन्दन र बाम गठबन्दनका उमेदवार बीच कडा प्रतिशपर्धा हुने भएको छ।लोकतान्त्रीक गठबन्दनको तर्फबाट नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय सदस्य तथा पुर्व सांसद अर्जुनप्रसाद जोशी र बाम गठबन्दनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी बीच कडा प्रतिष्पर्धा हुने भएको छ।

लोकतान्त्रीक गठबन्दनबाट तीन कार्यकाल सम्म निर्वाचित भएका भद्र र शालिन ब्यक्तित्व अर्जुन प्रसाद जोशी चुनाबी मैदानमा छन भने बाम गठबन्दनको तर्फबाट बिद्यार्थी राजनिति मार्फत पश्चिमाञ्चलकै ठूलो पृथ्बिनारायण क्याम्पसको स्ववियुको सभापति हुदै संसदिय राजनितिमा छिरेका युवा नेता पदम गिरी रहेका छन्।

दुवै गठबन्दनका उमेदवारहरुले मनोनय दर्ता गरे पछि विभिन्न क्षेत्रहरुमा पुगेर चुनाब प्रचारप्रसार अभियानलाई तिब्र पारेका छन्। आगामी ५ बर्षे कार्यकाललाई आफ्नो पोल्टोमा पार्न दुवै गठबन्दन दलहरुले जोडघटाउ थालिसकेका छन्। आमसभा, बैठक, आशअस्वान र कोठे बैठकहरुमा दुर्व दलमा आबद्ध नेता कार्यकार्ताहरु दिलोज्यानले लागिरहेका छन्।
बाबुको राजनैतिक बिरासतलाई कायम राख्दै काँग्रसको राजनितिमा आएर तीन पटक सम्म जिल्लाबाट निर्बाचित भएका प्रभाबशाली नेता अजुर्न जोशी लोकतान्त्रीक गठबन्दनका योग्य उमेदवारकारुपमा स्थापित नेता हुन्।

उनि काँग्रेसको केन्द्रय राजनितिमा समेत आफ्नो प्रभाब बढाउदै गएका छन्।लामो समय सम्म कोईराला खेमामा रहेर राजनितिमा स्थापित भएका जोशीले काँग्रसको गत महाधिबेशनमा देउवा खेमामा छिरेर केन्द्रीय सदस्य समेत हात पारेका हुन्।

काँग्रेस माओवादी गठबन्दन सरकारमा मन्त्री बन्ने चर्चा संगै दोडासुरुवाल लगाएर तयारी अबस्थामा रहेका बेला एकाएक नाम परिबर्तन गरीएपछि उनी मन्त्री हुनबाट रोकीएका थिए। पर्बत काँग्रस भित्र जोशीको राम्रो पकड रहेका छ। उनि काँग्रेसका योग्य र क्षमतावान उमेदवार हुन्। समग्र जिल्लामा जोशीको पकड राम्रो मानिन्छ ।
तर,जोशीको राजनैतिक बर्चश्वलाई कडा टक्कर दिनको लागि बामगठबन्धनले पनि छोटो समयमानै निकै लोकप्रिय बनेका युवा नेता पदम गिरीलाई चुनाबी मैदानमा उतारेको छ।

गिरी मध्यम बर्गीय परिवारमा जन्मिएर विभिन्न दुख कष्ट सहँदै राजनिति र पढाईलाई अगाडि बढाएका उदियमान ब्याक्तीकारुपमा परिचित छन्। उनि पश्चिमाञ्चलकै ठूलो र जेठो कलेज पृथ्बिनारायण कलेजको स्वबियूको पूर्व सभापति समेत हुन्। उनी युवा,बृद्ध, महिला र केटाकेटी सवै संग मिल्न सक्ने सरल र ईमान्दा ब्याक्तीकारुपमा चिनिन्छन्।राष्ट्रिय राजनितिमा समेत राम्रो पहुच भएका ओली निकटस्थ ब्याक्तीकारुपमा समेत उनी चिनिन्छन्। पृथ्बिनारायण क्याम्पसको स्वबियूको अध्यक्ष भएका अधिकाँस नेताहरु मन्त्री भएका कारणपनि उनी छिट्टै पर्बतबाट मन्त्री बन्ने भाग्यमानी नेताकारुपमा अर्थाइन्छ। उनी दुई बर्ष पहिले पर्बत एमालेको अध्यक्ष बनेका हुन्।

खुल्ला मतदान प्रक्रिया उनले ठूलो मतान्तरले बिजयी भएका थिए। पार्टीमा समेत उनको लोकपृयता अब्बलछ। जोशीले जनजाति समुदायमा राम्रो प्रभाव पार्दै आएका थिए तर पछिल्लो समयमा जनजातिका बिचमा एमालेका अध्यक्ष गिरी पनि उत्तिकै लोकप्रिय छबि बनाएका छन । यसले गर्दा पर्वतको संबिधानसभा निर्वाचनमा गिरी र जोशीको भिडन्त रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।

गत स्थानिय चुनाबमा प्राप्त मत तथा बाम गठबन्धन भएको अवस्थामा जोशी भन्दा गिरी अगाडी देखिन्छन । जोशी तीन पटक सम्म परिक्षण भैसकेका नेता हुन भने उनले चौथो पटक आफ्नो बिजय यात्रा सुनिश्चित गर्न चाहन्छन, गिरी एक पटक पनि टेष्ट भएका छैनन । गिरी उमेरमा भर्खरै चालिसमा पाएला टेकेका युवा उमेदवार हुन । जोशी करिब ६५ को पाइला टेक्न थालेका उमेदवार हुन । जोशी तीन तीन पटक साँसद हुँदा मन्त्री बन्न नसकेको र जिल्लाको दिर्घकालिन रुपमा बिकासका खास योजना नबनाएको आरोप लाग्ने गरेको छ भने गिरीलाई जिल्ला अध्यक्ष भएपनि क्षेत्र नं २ मा कम प्रभाब भएको आरोप लाग्दै आएको छ ।

नेपाली कांग्रेस र उसका समर्थकहरु पुरानो क्षेत्र नं २ मा एमालेका उमेदवार पदम गिरीको तुलनामा नेपाली कांग्रेसका उमेदवार जोशी बढी भूगोलमा परिचित भएका कारण चुनाब जित्न सहज भएको आँकलन गरिरहेका छन तर एमाले र गिरीका समर्थकहरु बाम गठबन्धन र गिरी आफै लोकिप्रय मतका साथ पुरानो क्षेत्र नं १ बाट मत लिएर जाने तथा पुरानो क्षेत्र नं २ मा पनि युवाहरु र सिंगो पार्टी पंक्ती जिल्ला अध्यक्ष भएपछि परिचित भएका कारण यसपटक परिर्वतनको पक्षमा देखिने निष्कर्ष सहित निर्वाचन जिती सकेको बताउँदै आएका छन ।

दुबै गठबन्दनबाट योग्य र क्षमतावान नेताहरु चुनाबी मैदानमा छन्। कुन नेतालाई मतदान गर्दा समग्र पर्बतको विकास निर्माणले तिब्रता पाउँछ भन्ने लेखाजोखामा मतदाता रहेका छन्। तर,गत संसदिय निर्वाचन र स्थानीय निकायको मतलाई आधार मान्ने हो भने एमालेका उमेदवार गिरीको जित सुनिश्चित छ। स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले पकड जमाउन सफल भएको थियो। माओवादी केन्द्रले पाएको मत समेत जोड्दा वाम गठबन्धनले फराकिलो मत अन्तरले जित्ने देखिन्छ ।

गत संसदिय निर्वाचनमा जिल्लाबाट दलहरुले पाएको मतको अवस्था र स्थानीय तहको निर्वाचनमा नगरप्रमुख तथा अध्यक्षले प्राप्त गरेको मतलाई आधारमन्दा बामगठबन्दन ५ हजार भन्दा बढिमतले अगाडि देखिन्छ । जिल्लामा कुल खसेको मत मध्ये वामगठबन्दनको पक्षमा ३५ हजार २ सय ८४ मत देखिन्छ । यो मत भन्दा ५ हजार १४ मत लोकतान्त्रिक गठबन्दनका दलहरुको छ। त्यस मध्ये २९ हजार २२ मत नेपाली कांग्रेसको छ भने अन्य साना दललहरुको मत १ हजार २ सय ४८ मत गरी कुल ३० हजार ३ सय ६ मत छ । यसरी जिल्ला भर बाम गठबन्दनको फराकिलो अग्रता देखिन्छ ।

प्रदेशसभामा बाम गठबन्धनको तर्फबाट प्रदेश क मा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी र क्षेत्र नं २ मा नेकपा(एमाले)का प्रदेश कमिटी सदस्य तथा पुर्व साँसद बिकास लम्साल उमेदवार बन्ने भएका छन। त्यसैगरी नेपाली कांग्रेसले प्रदेश क मा नबराज गुरुङ र प्रदेश ख मा राजेन्द्र प्रसाद तिवारीलाई उमेदवार बनाएको छ। दुवै गठबन्दनका उमेदवारहरु सशक्त मानिन्छ। प्रदेश सभाका उमेदवार हरुबीचपनि निकै प्रतिशपर्धा हुने अनुमान छ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *