टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा
२०७४ जेठ १५ गते

“
कैलाली,कात्तिक २९ । टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । टीकापुर नगरपालिकाका वडा नं. १ देखि ५ सम्मका १२ देखि २३ महिना अवधिका ७ सय ६२ बालबालिकाले खोपका सबै मात्रा पुरा गरेकाले टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको हो ।
आज टिकापुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ यसअघि नै पूर्ण खोप घोषणा भइसकेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








