किन हुन्छ मधुमेह, कसरी जोगिने ?
२०७४ जेठ १५ गते

“
एजेन्सी । मधुमेहका कारण प्रत्येक १० मध्ये एक जना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्याङ्क छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूह अन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ ।
मानव शरीरभित्रको आमाशय र आन्द्राको बिचमा प्याङक्रियाज ग्रन्थिमा गडबड भएर इन्सुलिन हर्मोनको मात्रा कम हुँदा वा उत्पादन नै रोकिए मधुमेह लाग्न सक्छ । मानव शरीरमा भएको रगतमा चिनीको मात्रा बढी देखिनुलाई चिनी रोग पनि भनिन्छ । किन लाग्छ मधुमेह ? कस्ता हुन्छन् लक्षण ? बच्न के गर्ने ?
यस्ता छन् १० लक्षण
- अनियमित तरिकाले पिसाब लागिरहनु ।
- अस्वाभाविक रूपमा भोक लाग्नु, तर जति खाए पनि मानव शरीरमा बजन नबढ्नु ।
- छिनछिनमा तिर्खा लाग्नु, तर पानी खाए पनि मुख सुक्खा भइरहनु ।
- यौन इच्छा घट्दै जानु, शारीरिक सम्पर्क गर्ने बेला यौनसाथीसँग झर्कोफर्को गर्नु ।
- शरीरमा कुनै कारणले घाउ, चोटपटक लाग्यो भने निको हुन समय लाग्नु ।
- शरीरका विभिन्न भागमा अनावश्यक तरिकाले चिलाउनु ।
- निरन्तर रूपमा छालामा संक्रमण हुनु ।
- आँखाको हेर्ने शक्ति कमजोर हुनु, आँखा धमिलो भएको महसुस हुनु ।
- कमजोर हुँदै गएको महसुस हुनु ।
- आफूप्रति वितृष्णा जागेर आउनु, रुखो व्यवहार गर्न थाल्नु ।
यस्ताे छ कारण
- घर अथवा मावलीतिरका कसैलाई मधुमेह छ वा थियो भने मधुमेहको वंशानुगत गुण सर्छ ।
- विलासी जीवन बिताउने र व्यायाम पटकै नगर्ने मानिसलाई मधुमेह रोगले सताउँछ ।
- शरीरलाई आवश्यक पर्नेभन्दा बढी खानेकुरा खायो भने पनि मधुमेह रोगले च्याप्न थाल्छ ।
- गुलियो पदार्थ धेरै मन पराउनु र अत्यधिक मात्रामा खानु पनि मधुमेह निम्त्याउने कारण हो ।
- अल्छी र खन्चुवा स्वभावको मान्छे र मोटोघाटो मानिसलाई छिटै मधुमेह रोगले भेट्छ ।
- गर्भावस्थाको लाइफस्टाइलमा ध्यान नदिए मधुमेह रोगले च्याप्छ ।
- चिया, कफी, केकलगायत चिनीबाट बनेका परिकारमा बढी जोड दिने मानिसलाई मधुमेहले सताउँछ ।
- कार्बोहाइड्रेडको मात्रा बढी भएका आलुलगायत वस्तु मन पराउने मानिसलाई मधुमेह रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
- मिर्गौला, कलेजो र मुटुरोगका बिरामीलाई उपचारका क्रममा दिइने विभिन्न औषधिका कारण पनि मधुमेह रोग लाग्न सक्छ ।
- शरीरमा भिटामिन सीको कमी हुँदा मधुमेह रोग लाग्न सक्छ ।
बच्ने उपाय के छन् त ?
- विलासी जीवन त्याग्ने, सन्तुलित भोजन तथा आहार सेवन गर्ने ।
- मन र मस्तिष्कलाई सकारात्मक राख्न सकारात्मक सोचको विकास गर्ने ।
- नियमित व्यायाम, श्रम तथा योग गर्ने । हरेक बिहान कम्तीमा पनि एक घण्टा हिँडडुल गर्ने ।
- दुई–दुई घन्टाको बिचमा खानपिन गर्ने बानी बसाल्ने, समयमै खाने ।
- शरीरलाई आवश्यक पर्ने भिटामिन सी पर्याप्त मात्रामा सेवन गर्ने ।
- हप्ताको दुईपटक शरीर मालिस गर्ने र सम्भव भएसम्म जिम जाने ।
- ठिक समयमा सुत्ने र ठिक समयमै उठ्ने ।
- अध्यात्मतिर ध्यान दिने, दैनिक जीवनशैली बदल्ने र नियमित रुटिनमा चल्ने ।
- चिनीको मात्रा बढी भएका चिया, कफी, सख्खर, चक्लेट, बिस्कुट, चाउचाउजस्ता खानेकुरामा जोड नगर्ने ।
- मधुमेहको लक्षण देखिए तत्काल तत्काल चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्ने ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








