स्वास्थ्य सूचकमा सुधारः बाल मृत्युदर घट्नु सफल्ता
“
काठमाडौं, कात्तिक २८ । नेपालले पछिल्लो दुई दशकमा मानव विकासमा प्रभाव पार्ने स्वास्थ्यका महतवपूर्ण सूचकमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। विशेषगरी स्थानीय समुदायको सहयोग र सक्रियतामा बाल तथा मातृ मृत्युदरमा कमी आएको छ भने प्रजननदर र परिवार नियोजनका साधनको प्रयोगदरमा उल्लेखनीय सुधार आएको छ ।
स्वास्थ्य मन्त्रालयले पाँचवर्षे नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ सोमबार सार्वजनिक गर्दै प्राप्त उपलब्धिलाई संरक्षण गर्न भने चुनौती रहेको बताएको छ ।
मन्त्रालयका नीति तथा कार्यक्रमले एचआईभी÷एड्स र अन्य यौनसम्पर्कबाट सर्ने रोगको रोकथाम, महिला सशक्तीकरण, घरेलु हिंसामा न्यूनीकरण भएको देखाएको छ । नेपालमा पहिलो पटक उच्च रक्तचापसम्बन्धी तथ्यांकसमेत संकलन गरिएको छ ।
बालस्वास्थ्यमा फड्को
सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकाको जीवन लम्बिएको छ । मन्त्रालयका अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार बाल मृत्युदर घट्नु नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हो ।
तथ्यांकअनुसार सन् १९९६ मा पाँच वर्षमुनिको बाल मृत्युदरप्रति एक हजार जीवित जन्म ११८ रहेकोमा हाल त्यो संख्या तीन गुणाले घटेर ३९ मा पुगेको छ । त्यो बेलाको प्रति एक हजार जीवित जन्ममा ७८ जना शिशुको मृत्यु हुने गरेकामा हाल आधाभन्दा बढी घटेर ३२ मा पुगेको छ ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।
“