राप्रपा राष्ट्रवादीको घोषणापत्रः राष्ट्रप्रमुखमा राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं, कात्तिक २७ । ‘राष्ट्रवादी नेपालीको शान, चार कुनाभित्रको हलोमा मतदान’ भन्ने सन्देशका साथ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले राष्ट्रप्रमुखमा राजसंस्था हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सार्वभौमसत्ताजस्ता विषयमा विदेशीकासामु कहिले आत्मसमर्पण नगर्ने पनि जनाइएको छ ।

नेपालीको आत्मसम्मान र सहअस्तित्वलाई सुनिश्चित गर्ने नीति अवलम्बन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक अस्थिरताले आर्थिक विकास दीगो हुन नसकेको भन्दै ८ देखि १० प्रतिशतको आर्थिक वृद्धि गर्नेगरी काम गर्नुपर्ने बताए ।

कक्षा १२ सम्म निःशुल्क शिक्षा, वृद्धभत्ता दोब्बर गर्ने, अतिगरिबलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिनेजस्ता आश्वासन पनि घोषणापत्रमा समावेश गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =