बुढीगण्डकी आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको समझदारी खारेज
२०७४ जेठ १५ गते

“
कार्तिक २७, काठमाडौँ । बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त सम्झौता खारेज गरेको हो ।
मन्त्रिपरिषद् बैठकमा सहभागी भएर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले बुढीगण्डकी आयोजनाका निर्माणका लागि भएको सम्झौता खारेज भएको जानकारी दिए ।
नेपालमा नै असफल भएको र कालोसूचीमा रहेको चिनियाँ कम्पनीलाई बुढीगण्डकी दिइएको भन्दै चर्को आलोचना भएपछि सम्झाैता खारेज गरिएकाे हाे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








