११ रुपैयाँको काउली १४० मा बिक्री गरेपछि..

कार्तिक २७, काठमाडाैं । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला परेकाे छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रवार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकिलाे साढे ११ रुपैयाँमा खरिद गरेको फेला परेकाे हाे ।

एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवर, भान्टा प्रतिकिलो मूल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो । सोही दिन कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको हाेलसेल मूल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवर ७० र भान्टा ६५ रुपैयाँ तोकेको थियो ।

होलसेल मूल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मूल्य १ सय ४० रुपैयाँसम्ममा बिक्री भएको छ । विभागले उपलब्ध गराएको विवरण अनुसार स्थानीय बजारमा व्यवसायीले प्रतिझोला २५ रुपैयाँमा काउली र २० रुपैयाँमा रायोकाे साँग खरिद गदैै आएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *