अरुको ध्यान निर्वाचनमा, तस्करको ध्यान सालका गोलियामा

कात्तिक २६, रौतहट । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा यतिबेला सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित छ । सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले भने बन विनासलाई तिब्रता दिएका छन् ।

सबैको ध्यान निर्वाचन केन्द्रित भएको बेला तस्करहरुको गिरोह रातको समयमा सालका गोलिया काठ चोरिरहेका स्थानीयबासी बताउँछन् ।

जिल्लाको चोँचा रेञ्जपोष्ट सेक्टर, वृन्दावन रेञ्जपोष्टअन्तर्गत राष्ट्रिय वनबाट तस्करले अवैधरुपमा सालका गोलिया काठ ढुुवानी गरिरहेका छन् । त्यसैगरी अर्को समूहले उक्त क्षेत्रबाट दैनिक सयौँ साइकल काँचो रुखका दाउरा ढुुवानी गरिरहेका छन् ।

हाल भसेढवा, कनकपुुर, रंगपुर, भैँसही, हरिहरपुुरलगायत गाउँका संगठित तस्कर काठ तस्करी गरिरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । कतिपय ब्यक्तिले राष्ट्रिय वनमा हरिया रुख कटान गरेर दैनिक सयौँ साइकल काठ दाउरा बनाएर ढुवानी गरिरहेका छन् ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले वन विनाश रोक्न वन कर्मचारी युद्धस्तरमा लागिरहेको बताए । यस आवको चार महिनाभित्र हरिया रुखको दाउरा ढुवानी गर्ने ४५ वटा साइकल नियन्त्रणमा लिएको र सोही अवधिमा १३ जना काठ तस्करलाई कारबाहीको दायरामा ल्याएको जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिए ।

काठ तथा दाउरा ढुवानीमा वनसँग नजिक रहेका प्रहरी एकाइ तथा केही वनका सुुरक्षाकर्मीको समेत मिलेमतो रहेको जानकारहरुले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =