विद्यालयलाई ८० लाख सहयोग, आठकोठे भवन बनाइने
२०७४ जेठ १५ गते

“
कात्तिक २६, मोरङ । पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले मोरङको एक विद्यालयलाई ८० लाख रुपैयाँ सहयोग गरेका छन् । बस्नेतको सहयोगबाट बेलबारी–९ डाँगीहाट चोकस्थित काली माध्यमिक विद्यालयको आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण शुरु गरिएको छ ।
सो भवनको नाम दाताको बुबा र आमाको नाममा नरवम–शिवकुमारी स्मृति भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताए ।
भवन निर्माणका लागि भवन निर्माण समितिको तर्फबाट अध्यक्ष बस्नेतको नाममा खोलिएको बैंक खातामा उक्त रु ८० लाखलाई पाँच किस्तामा गरी एकाउण्ट पेयी चेकमार्फत आउने शर्त रहेको विद्यालयका प्रधानाध्यापक तिलक लम्सालले बताए । बन्द हडताल नभएमा भवन निर्माण आठ महिनाभित्र गरिसक्नुपर्ने सहमति रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








